काठमाडौं– प्रधान सेनापति प्रभुराम शर्मा र नेपालका लागि संयुक्त अरब ईमिरेट्स (यूएई)का राजदूत साइद हमदान अल नाकीबीच भेटवार्ता भएको छ।
प्रधान सेनापति शर्मालाई भेट्न राजदूत अल नाकी नेपाली सेनाको मुख्यालय जङ्गी अड्डा पुगेका थिए।
सोमबार भएको भेटवार्तामा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ।
यस किसिमको भेटघाटले दुई देशबीचको आपसी सम्बन्ध सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले उल्लेख गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।