काठमाडौं– ७० वर्षीय आमाको हत्या आरोपमा छोरा पक्राउ परेका छन्। ७० वर्षीया आमा चन्द्रमाया भण्डारीलाई चिरपट प्रहार गरी हत्या गरेको अभियोगमा मोरङको उर्लाबारी नगरपालिका–४ आइतबारे बस्ने ३५ वर्षीय गंगाप्रसाद भण्डारीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो।
घरायसी विवादको क्रममा उनले आमालाई चिरपट प्रहार गर्दा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।
गम्भीर घाइते चन्द्रमायाको मदन भण्डारी अस्पताल हुँदै ट्रमा सेण्टर मंगलबारेमा उपचारको क्रममा मृत्यु भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।