काठमाडौं- नेपाल निजामति कर्मचारी युनियनको नयाँ नेतृत्व चयनका लागि यहि फागुनको २१ गतेदेखि २३ गतेसम्म महाधिवेशन हुने भएको छ। कोरोना संक्रमणका कारण गत माघ ८–१० का लागि तय भएको महाधिवेशन स्थगित भएको थियो।
त्यतिबेलै महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जनाएको युनियनले कोरोना संक्रमण बढ्दै गएकाले प्रशासनले भीडभाड हुने कार्यक्रममा रोक लगाएपछि स्थागित भएको थियो।
सो बेला युनियनको भर्चुअल बैठकले माघ महिनाभरका लागि महाधिवेशन स्थगित गरेको थियो। अहिले अवस्था सहज भएकाले फागुन २१–२३ का लागि तय गरिएको हो।
युनियनको आइतबार बसेको भर्चुअल बैठकले महाधिवेशनको मिति तय गरको उपमहासचिव दुर्गाप्रसाद फुयाँलले जानकारी दिए।
युनियनको बर्तमान कार्यसमितिको म्याद चैत्रसम्म मात्र भएकाले स्वास्थ्य मापदण्ड पालना गरेर महाधिवेशन गर्ने तयारी गरेको जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।