काठमाडौं– ओमानमा जारी चार देशबीचको टी–२० क्रिकेट सिरिजमा नेपालले आज आयरल्याण्डको सामना गर्दैछ। नेपाल र आयरल्याण्डबीचको खेल अपराह्न ३ः४५ देखि अलअमरेत क्रिकेट स्टेडियममा सुरु हुनेछ।
जारी सिरिजमा दुवै टिमले एक/एक खेल जितेका छन्। नेपाल–आयरल्याण्ड दुवै टोली युएईसँग पराजित भएका थिए। पहिलो खेलमा यी दुवै टिमले घरेलु टोली ओमानविरुद्ध भने जित हासिल गरेका थिए।
अन्तर्राष्ट्रिय क्रिकेटमा हालसम्म नेपालले आयरल्याण्डलाई हराउन सकेको छैन। यी दुई टिमले अन्तिमपटक २०१९ मा टी–२० म्याच खेलेका थिए।
आयरल्याण्डसँगको खेलपछि नेपालले चार दिनपछि विश्वकप छनोट खेल्नेछ । नेपालले सो प्रतियोगितामा पहिलो खेल १८ फेब्रुअरीमा ओमानको सामना गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।