काठमाडौं– इंग्लिस प्रिमियर लिगअन्तर्गत उल्भ्सले टोटेनहमलाई पराजित गरेको छ। आइतबार राति सम्पन्न खेलमा उल्भ्सले टोटनहमलाई २–० ले पराजित गरेको हो।
उल्भ्सको जितमा राहुल जिमिनेज र लिएन्डर डेन्डनकरले गोल गरे। दुवै गोल पहिलो हाफमा भएको थियो । राउलले खेलको छैठौं मिनेटमा गोल गर्दै उल्भ्सलाई अग्रता दिलाएका थिए। डेनडोनकरले १८ औं मिनेटमा अग्रता दोब्बर बनाए।
टोटेनहमले लगातार दोस्रो हार बेहोरेको हो। यसअघि टोटेनहमले घरेलु मैदानमै साउथह्याम्टनसँग ३–२ ले पराजित भएको थियो ।
जितसँगै २३ खेलबाट ३७ अंक जोडेको उल्भ्स सातौं स्थानमा रहेको छ। टोटेनहमले भने २२ खेलबाट ३६ अंक जोडेर आठौं स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।