काठमाडौं– लिभरपुलले इंग्लिस प्रिमियर लिगमा जित हात पारेको छ। लिभरपुलले रेलिगेसन क्षेत्रको पुछारमा रहेको बर्नलीलाई उसकै मैदानमा १–० ले पराजित गरेको हो। लिभरपुलको जितमा ब्राजिली सेन्ट्रल मिडफिल्डर फाविन्होको गोल निर्णायक बन्यो।
ट्रफ मुर बर्नलेमा आइतबार राति भएको खेलमा फाविन्होले खेलको ४०औं मिनेटमा गोल गरेका थिए। एलेक्सान्डर आर्नाेल्डको कर्नरमा फाविन्होले गोल गर्न सफल भएका थिए । त्यसपछि थप गोल निस्कन नसक्दा लिभरपुल विजयी हुन सफल भयो।
जितसँगै लिभरपुलले शीर्षस्थानको म्यानेचस्टर सिटीसँगको अंक दूरी ९ मा छोट्याएको छ। दोस्रो स्थानमा रहेको लिभरपुलको २४ खेलबाट ५४ अंक पुगेको छ। एक खेल बढी खेलेको सिटीको ६३ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।