काठमाडौं– सर्वोच्च अदालतले आजबाट नियमित रूपमा सबै प्रकारका सेवा सञ्चालन गर्ने भएको छ। माघ ४ गते बसेको पूर्ण बैठकले कोभिड महामारीको संक्रमण बढेको भन्दै सेवा संकुचन गरेको थियो।
गत बिहीबार बसेको अदालतको फूल कोर्टले १ फागुनवाट सबै प्रकारका न्याय, प्रशासनिक र आर्थिक प्रशासनलगायत सेवा सञ्चालन गर्ने निर्णय गरेसँगै आइतबारबाट पूर्ण रुपमा सञ्चालन हुन लागेको प्रवक्ता बाबुराम दाहालले बताए।
गत माघ पहिलो साता विश्वव्यापी रुपमा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन बढेको भन्दै सरकारको निर्णयलाई आत्मसात गर्दै सर्वोच्च अदालतले गत ५ माघवाट सेवा संकुचन गराउँदै आएको थियो। सेवा संकुचनको समयमा पनि बन्दीप्रत्यक्षीकरण तथा कोभिड महामारीसहित आधारभूत स्वास्थ्य सेवासँग सम्बन्धित र सार्वजनिक महत्त्वका मौलिक हकसँग सम्बन्धित रिट निवेदनको सुनुवाइ भने स्थगित गरेको थिएन।
कोभिड महामारी नियन्त्रणतर्फ गईरहेको जनाउँदै आइतबारबाट भने सर्वोच्च अदालत, उच्च अदालत र जिल्ला अदालतहरु पूर्ण रुपमा सञ्चालन हुन लागेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।