काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको म्यानचेस्टर सिटीले फराकिलो जित निकालेको छ।शनिबार राति भएको खेलमा सिटीले नर्विच सिटीलाई ४–० गोल अन्तरले हराएको हो। सिटीको जितमा रहिम स्ट्रर्लिङले ह्याट्रिक गरे भने फिल फोडेनले एक गोल गरे।
खेलको ३१ औं मिनेटमा रहिमले गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाएका थिए। ४८ औं मिनेटमा फोडेनले गोल गर्दै सिटीलाई २–० को अग्रता दिलाए।
रहिमले ७० औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दा सिटी ३–० ले अघि रह्यो। खेलको ९०औं मिनेटमा रहिमले ह्याट्रिक पूरा गर्दा सिटीले ४–० को फराकिलो जित निकाल्यो।
यस जितसँगै २५ खेलबाट ६३ अंक जोडेको सिटी शीर्ष स्थानमा कायमै छ।सिटीले दोस्रो स्थानको लिभरपुलमाथि १२ अंकको अग्रतासमेत बनाएको छ। पराजित नर्विच १७ अंक जोडेर १८ औं स्थानमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।