काठमाडौं – नेपाली क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को मेगा अक्सनमा अनसोल्ड भएका छन्। बेंगलोरमा पहिलो दिनको सम्पन्न अक्सनमा सन्दीपलाई कुनैपनि टोलीले उनलाई किकेनन्। सन्दीपको सुरुवाती मूल्य ४० लाख भारु अर्थात ६४ लाख नेपाली रुपैयाँ न्यूनतम मूल्य तोकिएको थियो।
पहिलो दिनको अन्तिम सेटको अन्तिम नम्बरमा परेका सन्दीप अनसोल्ड भएका हुन्। गत वर्ष पनि सन्दीप अनसोल्ड भएका थिए।
सन् २०१८ मा तत्कालिन दिल्ली डेयर डेभिल्स (दिल्ली क्यापिटल्स) ले न्यूनतम मूल्य २० लाख भारु अक्सनमा किनेपछि सन्दीप आइपिएल खेल्ने पहिलो नेपाली खेलाडी बनेका थिए । २०२० सम्म दिल्लीमा रहेका सन्दीपले ९ खेल खेल्दै १३ विकेट लिएका थिए। २०२१ मा भने दिल्लीले सन्दीपलाई फुकुवा गरेको थियो।
आइतबार दोस्रो राउन्डमा कुनै टोलीले आवश्यक परे सन्दीपलाई किन्न सक्ने सम्भावना हुन्छ। अन्तिम समयमा कुनै टोलीले लिएको खण्डमा उनले न्यूनतम मूल्य पाउनेछन्।
सन्दीपका साथै अन्य केही चर्चित खेलाडि पहिलो दिन बिकेनन्। नबिक्ने चर्चित खेलाडिमा अमित मिश्रा, एडम जाम्पा, इमरान ताहिर, मुजिब उर रहमान, उमेश यादव, मोहमदन नाबी, सकिब अल हसन, स्टेभिन स्मिथ, सुरेश रैना, डेभिड मिल्लर, म्याथ्यु वेड, ऋद्धिमान साह र साम बिलिङ्ग्स रहेका छन्।अक्सनको पहिलो दिन इशान किसन सबैभन्दा महँगा खेलाडी बने। उनलाई मुम्बई इन्डियन्सले १५ करोड २५ लाख भारूमा किनको छ।
त्यसैगरी,शार्दूल ठाकुर १० करोड ७५ लाख भारूमा दिल्ली क्यापिटल्सले र श्रेयस अय्यरलाई कोलकता नाइटराइडर्सले १२ करोड २५ लाख भारूमा किनेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।