• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, पुस ६, २०८२ Sun, Dec 21, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

महिनावारी गडबड हुनुका कारण र समाधानका उपाय [भिडियोसहित]

64x64
नेपाल लाइभ आइतबार, फागुन १, २०७८  ०७:०५
1140x725

काठमाडौं - सामान्यतया महिलाहरु किशोरी अवस्थामा प्रवेश गरेपछि महिनावारी सुरु हुन्छ। महिनावारी चक्र व्यक्ति अनुसार २१ देखि ३५ दिनको हुने गर्छ। जुन नियमित महिनावारी हो। 

विभिन्न कारण महिलाहरुमा यो चक्र गडबडी हुने गर्छ। २१ दिनभन्दा अघि र ३५ दिनभन्दा बढी ढिला गरी महिनावारी हुने, रगत धेरै वा थोरै बग्ने, महिनावारी नै नहुने जस्ता समस्या हुन्छ। यो समस्यालाई महिनावारी गडबडी अर्थात् अनियमित महिनावारी भनिन्छ। 

समयमै उपचार गरे अनियमित महिनावारीको समस्या ठिक हुन्छ। तर ढिला गरे यसले विभिन्न जटिलता निम्त्याउन सक्छ।परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालकी सिनियर कन्सल्टेन्ट निसन्तानपन रोग विशेषज्ञ डा ज्वाला थापासँग थप कुराकानी गरेका छौँ। उनीसँग गरिएको कुराकानी यहाँ प्रस्तुत गरिएको छ: 

अनियमित महिनावारी भनेको के हो ?
सामान्यतया १२/१३ देखि ५०/५५ वर्षसम्म महिलाहरु महिनावारी हुन्छन्।महिनावारी २८ दिनको फरक हुने भएपनि छिटोमा २१ र ढिलोमा ३५ दिनसम्म भए सामान्य मान्न सकिन्छ। कुनै महिला २१ दिनअघि र ३५ दिनपछि भए, रगत धेरै वा थोरै बगे, महिनावारी नै नहुने समस्यालाई अनियमित महिनावारी भनिन्छ।

अनियमित महिनावारी किन हुन्छ? यसका कारणहरु के के छन्?
शरीरमा भएका विभिन्न ग्रन्थीबाट उत्पादन हुने हर्मोनको तालमेल मिलेपछि महिनावारी सुरु हुन्छ। महिनावारीको सुरुवाती र सुक्ने वर्षमा भएको सुरुवातको केही वर्षमा महिनावारी गडबड हुन सक्छ। थाइराइड, हर्मोनको समस्या, परिवार नियोजनका साधनको प्रयोग, रगत सम्बन्धी रोग, अण्डाशय, पाठेघर सम्बन्धी समस्या भएका कारण पनि महिनावारी अनियमित हुन्छ। मोटोपन भएका, एकै पटक धेरै तौल कम गर्ने र डाइटिङ गर्ने महिलाहरुमा पनि महिनावारी अनियमित हुन सक्छ। 

Ncell 2
Ncell 2

अनियमित महिनावारीको उपचारहरु के–के छन्?
बिरामीको उमेर समूह र समस्या अनुसार यसको उपचार हुन्छ। कुनै बेला परामर्श र हर्मोन थेरापीले मात्र पनि कतिपय समस्याहरु निको हुन्छ। यो बाहेक गर्भवती जाँच, हर्मोन, थाइराइड, अल्ट्रा साउण्ड सबै गरेपछि मात्र समस्या अनुसार उपचार गरिन्छ।

समयमै उपचार नगरे यसले निम्त्याउने जटिलताहरु के–के हुन सक्छन्?
अनियमित महिनावारी भइरहँदा मानसिक तनाव हुन्छ। धेरै रगत बगिरहे शरीरमा रगतको कमी भई रक्तअल्पता हुन्छ।कतिपयलाई सन्तान जन्माउनमा पनि गाह्रो हुन्छ। समस्यालाई बेवास्ता गरिरहे यसले निम्त्याउने जटिलताका कारण क्यान्सर समेत हुन सक्छ।

अस्वस्थकर जीवनशैली र तनावले पनि महिनावारी गडबड हुन्छ?
हो, अस्वस्थकर जीवनशैली, तनाव र कामको बोझले महिनावारी गडबड हुन्छ। प्रशोधित तथा जंकफुड बढी खाँदा शरीरमा तौल बढ्छ र बढी तौलले महिनावारी अनियमित गराउँछ।

महिनावारीलाई नियमित बनाउन के के गर्नुपर्छ?
सबैभन्दा पहिले स्वस्थकर जीवनशैली अपनाउनुपर्छ। शरीरको तौल नियन्त्रणमा राख्नुपर्छ।दैनिक शारीरिक व्यायाम गर्नुपर्छ।चिकित्सकको सल्लाह बिना परिवार नियोजनको साधन जथाभावी प्रयोग गर्नु हुँदैन। केही समस्या देखिने बित्तिकै चिकित्सकको परामर्शमा जानुपर्छ। 

प्रकाशित मिति: आइतबार, फागुन १, २०७८  ०७:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कोलम्बियामा विद्रोहीको ड्रोन आक्रमणमा कम्तिमा ७ सैनिकको मृत्यु, ३० घाइते
ऋण लिएर होइन, श्रम गरेर मात्र देश बन्छ– हर्क साम्पाङ
मलाई झुटा मुद्दा लगाउने सरकार अपदस्त भएर हेलिकप्टरमा झुन्डिएर भागे : रवि लामिछाने
सम्बन्धित सामग्री
जाडो मौसममा बच्चालाई कसरी सुरक्षित राख्ने ? जाडो मौसममा बालबालिकाको सक्रियाता कम हुने गर्छ। शारीरिक सक्रियता कम हुँदा, घरभित्रै मात्र बसिरहँदा बालबालिकामा कुनै रोग छ भने एकबाट... शनिबार, पुस ५, २०८२
खाना खाने बित्तिकै ट्वालेट जानुपर्छ? यस्ता समस्या हुन सक्छन्... जब खाना पेटसम्म पुग्छ, तब ठूलो आन्द्रालाई सिग्नल पुग्छ। यो सिग्नलले ठूलो आन्द्रालाई संकुचन गराउन भन्छ। जसले त्यहाँ रहेका मललाई रेक्ट... बिहीबार, पुस ३, २०८२
जाडोयाममा बढी देखिने कत्ले रोग के हो? सामान्यतया आनुवंशिक (जेनेटिक) कारणले नै कत्ले रोग देखिन सक्छ। तर कतिपयमा जेनेटिक कारण नभए पनि यो समस्या देखिनसक्छ। यो समस्या जाडोयाम... बिहीबार, मंसिर २५, २०८२
ताजा समाचारसबै
कोलम्बियामा विद्रोहीको ड्रोन आक्रमणमा कम्तिमा ७ सैनिकको मृत्यु, ३० घाइते शनिबार, पुस ५, २०८२
ऋण लिएर होइन, श्रम गरेर मात्र देश बन्छ– हर्क साम्पाङ शनिबार, पुस ५, २०८२
मलाई झुटा मुद्दा लगाउने सरकार अपदस्त भएर हेलिकप्टरमा झुन्डिएर भागे : रवि लामिछाने शनिबार, पुस ५, २०८२
चुनाव सारे देश दुर्घटनामा जाने प्रचण्डको चेतावनी, आफूहरुको शक्तिलाई खेलाँची नठान्न चुनौती शनिबार, पुस ५, २०८२
नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा सुरु शनिबार, पुस ५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रुपन्देहीमा १७ वर्षीय किशोरको वीभत्स हत्या, नालीमा भेटियो शव शुक्रबार, पुस ४, २०८२
६० सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) शुक्रबार, पुस ४, २०८२
देउवाले उपसभापति र महामन्त्रीलाई छलफलमा बोलाए शुक्रबार, पुस ४, २०८२
रिहाइपछि रविको प्रतिक्रिया- अन्यायको हिसाब मिलाउन बाँकी छ, अहिले बोल्दिनँ शुक्रबार, पुस ४, २०८२
भोलि भृकुटीमण्डपमा हुने एकता सन्देश सभामा सहभागी हुन नेकपाको आह्वान शुक्रबार, पुस ४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
थुनामुक्त हुने रविले पालना गर्नुपर्ने तीन शर्त बिहीबार, पुस ३, २०८२
एमाले महाधिवेशन: नेतृत्व लिन होड, ज्ञवाली र शाक्यद्वारा सक्रिय राजनीतिबाट सन्यास आइतबार, मंसिर २८, २०८२
यी हुन् एमाले महाधिवेशनमा मतदान नगर्ने प्रतिनिधि बिहीबार, पुस ३, २०८२
एमाले महाधिवेशनः ईश्वर प्यानलबाट सुरेन्द्र पाण्डे महासचिवका उम्मेदवार, गोकर्ण उपाध्यक्ष र योगेश उपमहासचिव सोमबार, मंसिर २९, २०८२
अधिकांश ओली प्यानलकै उम्मेदवार अगाडि, कुन पदाधिकारीको कति ? बिहीबार, पुस ३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्