बर्दिया- बर्दियाको बाँसगढी नगरपालिकामा ट्र्याक्टर पल्टिँदा एक बालकको मृत्यु भएको छ। उक्त दुर्घटनामा परी १७ जना घाइते भएका छन्।
ठाकुरबाबा नगरपालिका-७ बाट बाँसगढी-४ बठुवा गाउँमा दुलही पुर्याएर फर्कने क्रममा भे २ त १३१६ नंको ट्र्याक्टर आज अपराह्न २ बजेतिर बाँसगढी, मगरपुर, वेलौली र बठुवा जाने चोकमा पल्टिएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय मोतिपुरले जानकारी दिएको छ।
ठाकुरबाबा-७ का १५ वर्षीय सुमन थारूको उपचारका क्रममा कौशिल्या मेमोरियल अस्पताल बाँसगढीमा मृत्यु भएको इलाका प्रहरी कार्यालय मोतिपुरले जानकारी दिएको छ।
दुर्घटनामा घाइते १६ जनाको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा र एकजनाको कौशिल्या अस्पताल बाँसगढीमा उपचार भइरहेको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।