काठमाडौं– राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले लिबियाको त्रिपोलीका लागि चार्टर्ड उडान गरेको छ।
शान्ति मिसनमा खटिने नेपाली सेनालाई लैजान नेपाल एयरलाइन्सले त्रिपोलीस्थित मिटिगा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गरेको हो। निगमको वाइडबडी ए–३३० जहाजले आज बिहान २:५५ बजे काठमाडौंबाट त्रिपोलीका लागि उडान भरेको हो।
उक्त जहाज त्रिपोलीको स्थानीय समयानुसार १० बजे अवतरण गर्ने र आजै राति ११:१५ मा काठमाडौं फर्किने निगमले जनाएको छ। यो गन्तव्यमा एकतर्फीरूपमा करिब ११ घण्टाको उडान हुनेछ।
निगमलले अघिल्लो वर्ष पनि कोभिड–१९ महामारीका बीच नेपाली सैनिकलाई संयुक्त राष्ट्रसंघ (युएन)को शान्ति मिसनमा लैजान अफ्रिकन तीन मुलुकमा चार्टर्ड उडान गरेको थियो। नेपाल एयरलाइन्सले साउथ सुडान, सेन्ट्रल अफ्रिकन रिपब्लिक र मालीमा चार्टर्ड उडान गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।