काठमाडौं- काठमाडौं उपत्यकाको काँठ क्षेत्र हेर्दा अहिले भत्किएको मात्र देख्न सकिन्छ।
बढ्दो शहरीकरणको मार उपत्यकाको काँठ क्षेत्रलाई परेको छ। काँठ क्षेत्र उपत्यकाको जलाधार क्षेत्र पनि हो। तर, विना अध्ययन काँठ क्षेत्रमा जग्गा खण्डकरण हुँदा जलाधार क्षेत्रमासमेत असर परेको छ
यसरी अवैज्ञानिक ढंगले जग्गा प्लटिङ गर्दै जाँदा पानीका मुहानहरु सुक्न थालेका छन्। काँठ क्षेत्रको बस्ती उपत्यकाको इतिहाँस र सभ्यतासँग गाँसिएको छ।
उपत्यकाको रैथाने वस्ति अनि यसले जोगाएको संस्कृति बिस्तारै जग्गा प्लटिङसँगै खण्डित हुदैछ। सम्पन्न शहरको नाममा काठमाडौं उपत्यकाको कान्ला भित्ता ताछिएका छन्। अनाधिकृत रुपमा, इञ्जिनियरिङ अध्ययन विना भइरहेका यस्ता बस्ती विस्तारले पहिराको जोखिम बढाएको छ।
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।