काठमाडौं- नेपाली सेनाले पाल्पाको तानसेन नगरपालिकामा निर्माण गरेको पाल्पा दरबार सैनिक संग्रहालय हस्तान्तरण गरेको छ। सेनाले बिहीबार पाल्पा दरबार संग्रहालयका प्रमुखलाई विधिवत रुपमा नवनिर्मित संग्रहालय हस्तान्तरण गरेको हो।
संग्रहालयमा विभिन्न ऐतिहासिक युद्ध सामग्री, हातहतियार, पोसाक, आभूषण तथा विभूषण र महत्त्वपूर्ण दस्तावेजहरु समावेश गरी निर्माण गरिएको सेनाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
हस्तान्तरण कार्यक्रममा नेपाली सेनाका रथीवृन्द तथा अधिकृत, तानसेन नगरपालिका नगरप्रमुख, जिल्लास्थित अन्य सुरक्षा निकायका प्रमुखलगायतको उपस्थिति रहेको थियो।
उक्त सैनिक संग्रहालयको गत मंसिर १४ गते प्रधानसेनापति महारथी प्रभुराम शर्माले उद्घाटन गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।