काठमाडौं– प्रहरी प्रधान कार्यालयले शुक्रबार ६ जना प्रहरी उपरिक्षक (एसपी)को काज सरुवा गरेको छ।
प्रहरी प्रधान कार्यालयले तीन जिल्लाका प्रहरी प्रमुख फेर्न ६ जनाको काज सरुवा गरेको हो।
चितवनमा नवराज अधिकारी, महोत्तरीमा कृष्ण पंगनी र बर्दियामा वीरेन्द्र शाही नयाँ प्रहरी प्रमुखको रुपमा पुगेका छन्।
चितवनमा रहेका ओम अधिकारीको अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दियामा रहेका इश्वर कार्कीको प्रहरी प्रधान कार्यालय र महोत्तरीमा रहेका दिनेश आचार्यको अपराध महाशाखामा सरुवा भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।