samsung samsung
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, चैत ६, २०८२ Fri, Mar 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

ए डिभिजन लिग : फ्रेन्ड्सले पहिलो जित निकाल्दा आर्मी र जावलाखेल बराबरीमा रोकिए

64x64
नेपाल लाइभ शुक्रबार, माघ २८, २०७८  २०:२५
1140x725

काठमाडौं- फ्रेन्ड्स क्लबले राजधानीमा जारी सहिद स्माक ए डिभिजन लिगमा पहिलो जित निकाल्दा दिनको दोस्रो खेलमा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले जावलाखेल युथ क्लबसँग संघर्षपूर्ण बराबरी खेलेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको खेलमा फ्रेन्ड्सले ब्रिगेड ब्वाइजविरुद्ध ५-२ को जित निकाल्दा दिनको दोस्रो खेलमा जावलाखेल युथ क्लब र त्रिभुवन आर्मी फुटबल क्लबले १-१ गोलको बराबरी खेलेका हुन्।

फ्रेन्ड्सले ब्रिगेड ब्वाइजलाई ५-२ गोल अन्तरले पराजित गर्दै जारी सिजनको सहिद स्मारक ए डिभिजन लिगमा पहिलो जित निकालेको हो। हारबाट रेलिगगेसन क्षेत्र लगभग पक्का जस्तो भएको फ्रेन्ड्सले सुधारिएको खेल देखाउँदै पहिलोपटक स्पष्ट तीन अंक जोडेको हो। फ्रेन्ड्सको पहिलो जितमा सुशील शाह र जमउल एन्थोनी फ्रान्सिओसले दुई/दुई गोल गर्दा श्यामबाबु केप्छ्याकीको नाममा एक गोल रह्यो। फ्रेन्ड्सविरुद्ध अन्तर घटाउँदा ब्रिगेडका ड्याडी जुनियर वाम्बा र अनिल गुरुङले एक/एक गोल फर्काए।

रेलिगेसन संकट टार्नका लागि गर या मरको अवस्थामा स्पष्ट अंकका  लागि मैदान उत्रिएको दुवै टोलीले सुरुआतबाट नै आक्रामक खेल खेलेका थिए। सोही क्रममा १४औं मिनेटमा सुशीलले फ्रिकिकबाट फ्रेन्ड्सलाई सुरुआती अग्रता दिलाएका थिए।  ब्रिगेडका ड्याडी जुनियर वाम्बाले नाथनियल जुड ग्रासियालाई फउल गरेपछि फ्रेन्ड्सले फ्रि-किकको अवसर पाएको थियो। जसमा फ्रेन्ड्सका लागि डेब्यू खेलाडी सुशीलले उत्कृष्ट गोल गरे।

२५औं मिनेटमा ड्याडीले फ्रिकिकमार्फत् गोल गर्दै ब्रिगेडलाई १-१ गोलको बराबरीमा ल्याए। दुई मिनेटपछि नै फ्रेन्ड्सका श्याम बाबुले गोल गर्दै फ्रेन्ड्सलाई २-१ को अग्रता दिलाए। काउन्टर बलमा विकास थापाले ब्रिगेडका गोलकिपर गुरप्रित सिंहलाई बिट गर्दै उपलब्ध गराएको बलमा श्यामले सहज गोल गरेका थिए। पहिलो हाफको इन्जुरी समय जमउलले गोल गर्दै फ्रेन्ड्सलाई ३-१ को अग्रता दिलाए। ७६औं मिनेटमा जमउलले व्यक्तिगत दोस्रो गोल गर्दै फ्रेन्ड्सलाई ४-१ को अग्रता दिलाउँदा ७८औं मिनेटमा सुशीलले व्यक्तिगत दोस्रो गोल गर्दै फ्रेन्ड्सलाई ५-१ को बलियो अवस्थामा लगेका थिए।

Ncell 2
Ncell 2

८६औं मिनेटमा ब्रिगेडका अनिलले पेनाल्टीमा गोल गर्दै अन्तर घटाए पनि फ्रेन्ड्स ५-२ ले विजयी भयो। फ्रेन्ड्सका प्रिजेनले रुडीलाई पेनाल्टी बक्सभित्र फउल गरेपछि ब्रिगेडले पेनाल्टीको अवसर पाएको थियो। उक्त अवसरलाई अनिलले सहजै गोलमा परिणत गरेका थिए। यससँगै अनिलले आठ वर्षपछि लिगमा पहिलो गोल गरेका छन्। पछिल्लोपटक अनिलले २०७० सालमा मनाङबाट खेल्दा थ्रीस्टारविरुद्ध गोल गरेका थिए।

जितसँगै फ्रेन्ड्स १० खेलमा ६ अंक जोडेर रेलिगेसन क्षेत्रमाथि उक्लिएको छ। तालिकाको पुछारमा रहेको फ्रेन्ड्सले स्पष्ट तीन अंक जोड्दा दुई स्थान छलाङ मार्दै १२औं स्थानमा उक्लिएको हो। उता पराजित ब्रिगेड १० खेलमा ६ अंक जोडेर १३औं स्थानमा झरेको छ। पुछारमा च्यासल झरेको छ। खेलमा फ्रेन्ड्सका सुशील 'प्लेयर अफ दि म्याच' चुनिए भने इमर्जिङ प्लेयरको उपाधि फ्रेन्ड्सका आकाश थापाले थापे।

दिनको दोस्रो खेलमा इन्जुरी समयमा सम्हालिन नसक्दा जावालाखेल युथ क्लबले आर्मीसँग १-१ गोलको बराबरी खेल्दै अंक बाँडेको छ। जावलाखेल युथ क्लबका ओनगुनाले ५३औं मिनेटमा गरेको गोलबाट अग्रता लिएको थियो। जावलाखेलले इन्जुरी समयको अन्तिम मिनेट सम्हालिएको प्रदर्शन गर्न नसक्दा दुई अंक गुमाउन पुगेको हो। इन्जुरी समयमा आर्मीका सुमन अर्यालले गोल गर्दै खेल बराबरी ल्याएका थिए। यसअघि पहिलो हाफमा दुवै टोलीले गोलका लागि राम्रा अवसर सिर्जना गरे पनि सदुपयोग गर्न चुकेका थिए। दोस्रो हाफमा पछि परेपछि आर्मीले खेलमा फर्किनलाई धेरै पटक आक्रमण गरे पनि गोल गर्न भने असफल भएको थियो।

जितसँगै जावलाखेल युथ क्लबले १० खेलबाट ९ अंक भएको छ। जावलाखेल युथ क्लब ११औं स्थानमा यथावत् रह्यो। उता संघर्षपूर्ण बराबरी खेलेको आर्मी पनि १० खेलबाट १८ अंक जोडेर तेस्रो स्थानमा यथावत् नै छ। दुई अंक गुमाएको आर्मीले दोस्रो स्थानमा उक्लिने मौका गुमाएको छ।

लिगमा शनिबार तीन खेल हुँदै छन्। दशरथ रंगशालामा हुने पहिलो खेल मच्छिन्द्र फुटबल क्लब र च्यासल युथ क्लब तथा दिनको दोस्रो खेल मनाङ मर्स्याङ्दी फुटबल क्लब र थ्रीस्टार क्लबबीच दशरथ रंगशालामा नै हुने छन्। यस्तै ललितपुरस्थित एन्फा कप्लेक्समा विभागीय टोली नेपाल पुलिस क्लबले सातदोबाटो युथ क्लबसँग प्रतिस्पर्धा गर्नेछ।

प्रकाशित मिति: शुक्रबार, माघ २८, २०७८  २०:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
आज यी प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना
निर्वाचनको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश
सम्बन्धित सामग्री
नेपालले हङकङसँग मैत्रीपूर्ण खेल खेल्ने नेपालले पछिल्लो पटक सन् २०२५ मा हंङकङसँग मैत्रीपूर्ण खेल खेलेको थियो । त्यसअघि नेपाल र हङकङ ३७ वर्ष अगाडि एएफसी एसिया कप छनोटमा भिडे... बुधबार, फागुन १३, २०८२
साफ यु-१९ च्याम्पियनसिपमा नेपालले भुटानलाई हरायो पोखरा रंगशालामा आज भएको दोस्रो खेलमा नेपालले भुटानलाई २-१ गोलले हराएको हो । सोमबार, माघ १९, २०८२
साफ महिला च्याम्पियनसिप : आज नेपालले भुटानसँग भिड्दै पहिलो खेल बंगलादेश र भारतकाबीच मध्यान्ह १२ बजे सञ्चालन हुनेछ । सोमबार, माघ १९, २०८२
ताजा समाचारसबै
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर शुक्रबार, चैत ६, २०८२
आज यी प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना शुक्रबार, चैत ६, २०८२
निर्वाचनको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश बिहीबार, चैत ५, २०८२
बालेनले प्रधानमन्त्रीको शपथ १३ गते लिने बिहीबार, चैत ५, २०८२
जय ट्रफी मेन्स इलिट कपको उपाधि पुलिसलाई बिहीबार, चैत ५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
शुक्रबार भारी वर्षा र हावाहुरीको सम्भावना, सचेत रहन मौसम विभागको आग्रह बिहीबार, चैत ५, २०८२
बालेनले प्रधानमन्त्रीको शपथ १३ गते लिने बिहीबार, चैत ५, २०८२
कांग्रेस सभापति गगन थापाले दिए राजीनामा बिहीबार, चैत ५, २०८२
यी ६ प्रदेशमा असिनासहित वर्षाको सम्भावना बिहीबार, चैत ५, २०८२
काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक उपसभापति शर्माको अध्यक्षतामा हुने बिहीबार, चैत ५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
रवि लामिछानेको अभिव्यक्तिप्रति बाबुराम भट्टराईको टिप्पणी- फलेको हाँगो निहुरिन्छ भन्ने झल्कियो बुधबार, चैत ४, २०८२
सर्वोच्च अदालतका न्यायाधीश पोखरेलविरुद्ध न्याय परिषदमा उजुरी सोमबार, चैत २, २०८२
यी हुन् एमालेले टुंग्याएका १६ जना समानुपातिक सांसद (सूचीसहित) शनिबार, फागुन ३०, २०८२
रवि लामिछानेको अभियोग पत्र संशोधन सम्बन्धी मुद्दामा बहस सकियो, न्यायाधीशहरू आदेश तयार पार्न छलफलमा मंगलबार, चैत ३, २०८२
धनुषा–१ का रास्वपा उम्मेदवार किशोरी साहको रिटमा सुनुवाइ सकियो शुक्रबार, फागुन २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्