काठमाडौं– आईसीसी टी–२० विश्वकप ग्लोबल छनोट खेल्नुअघि चार देश सम्मिलित टी–२० सिरिजको ओमानविरुद्धको पहिलो खेलमा नेपालले १३६ रनको लक्ष्य पाएको छ।
अल अमेरेत क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको ओमानले नेपालविरुद्ध २० ओभरमा ६ विकेट गुमाएर १३५ रनको योगफल तयार पार्यो।
ओमानका लागि मोहम्मद नदिमले अविजित ४३ रन बनाए। यस्तै, जिसन मक्सुदले ३१ रनको योगदान गरे। ओमानका जातिन्दर सिंहले १३, अयान खान ११ तथा कस्यप प्रजापतिले ११ रन बनाए।
नेपालका लागि अविनाश बोहराले सर्वाधिक ३ विकेट लिए। यस्तै, कप्तान सन्दीप लामिछाने, कमल ऐरी र आरिफ शेखले समान १–१ विकेट लिए।
आईसीसी पुरुष टी–२० विश्वकप छनोटअन्तर्गतको ग्लोबल छनोट ‘ए’ खेल्नुअघि नेपालले चारदेशीय सिरिज खेल्न लागेको हो । सिरिजमा आयोजक ओमानसहित, नेपाल, आयरल्यान्ड र युएई सहभागी छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।