काठमाडौं–ललितपुरस्थित सुनकोठीबाट चोरी भएको बालकुमारीको मूर्ति हात्तिवनमा भेटिएको छ।
ललितपुर महानगरपालिका–१५ हात्तिवन गैरिगाउँमा मूर्ति भेटिएको महानगरीय प्रहरी परिसर ललितपुरका एसपी सिद्धिविक्रम शाहले बताए।
हात्तिवनस्थित करुणा मन्दिर नजिक स्थानीयले शंकास्पद बोरा देखेपछि प्रहरीलाई खबर गरेका थिए । बोरो खोलेर हेर्दा चोरी भएको मूर्ति भेटिएको हो।
उक्त मूर्तिबारे सूचना दिनेलाई सुनाकोठीको गुठीले पाँच लाख रुपैयाँ पुरस्कार दिने समेत घोषणा गरेको थियो। कसले चोरी गरेर मूर्ति बोरामा हालेर फाल्यो भन्नेबारे प्रहरीले अनुसन्धान अघि बढाइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।