काठमाडौं - नेपाली राष्ट्रिय फुटबल टिमका डिफेन्डर अनन्त तामाङ भारतीय फुटबल लिग खेल्ने भएका छन्।
उनी इन्डियन सुपर लिग (आईएसएल) क्लब स्पोर्टिङ क्लब इस्ट बंगालमा अनुबन्धित भएका छन्। उनी यस सिजनको बाँकी चार खेलका लागि आबद्ध भएका हुन्।
नेपाली खेलाडी भारतको आइलिगमा आबद्ध भए पनि आइएसएल टिममा आबद्ध भएको यो पहिलो पटक हो। अनन्तले थ्री स्टार क्लबमा सहिद स्मारक ए डिभिजन लिग खेलिरहेका थिए।
थ्री स्टारले अनन्तलाई आईएसएलका लागि फुकुवा समेत गरिसकेको छ। नेपाली टिमबाट विगत ८ वर्षदेखि खेलिरहेका २४ वर्षीय अनन्तले ४३ अन्तर्राष्ट्रिय खेलमा २ गोल गरेका छन्। अनन्त आबद्ध इस्ट बंगाल लिगको १० औं स्थानमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।