पाल्पा– रम्भा गाउँपालिका–२ सुरुडाँडामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा पूर्वी रुकुमको भूमे गापा–४ घर भई हाल रम्भा गाउँपालिकाका इञ्जिनियर पदमा कार्यरत कर्मचारी २३ वर्षीय रविन दमै छिनाल रहेको प्रहरीले जनाएको छ।
रम्भा–१ हुँगीबाट ताहँुतर्फ आउने क्रममा लु६७प ४७८७ नंको मोटरसाइकल अनियन्त्रित भई सुरुडाँडामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रामेश्वर त्वातीले बताए।
मोटरसाइकल २०० मिटर तल खस्दा छिनालको मृत्यु भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।