फाइल तस्बिर
काठमाडौं– सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको दशौं चरणको खेल आज (शुक्रबार)बाट सुरु हुँदैछ । शुक्रबार दशौं चरणका दुई खेल हुनेछन्।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा फ्रेन्ड्स क्लब र ब्रिगेड ब्वाइज क्लबबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा त्रिभुवन आर्मी क्लब र जावलाखेल युथ क्लबबीच भिड्नेछन्।
फ्रेन्ड्स र ब्रिगेडबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ भने दोस्रो खेल ४ः४५मा सुरु हुनेछ। फ्रेन्ड्स ३ अंक जोडेर लिगको पुछारमा रहेको छ। फ्रेन्ड्सले ९ चरण सकिँदा जित निकाल्न सकेको छैन।ब्रिगेड ६ अंक जोडेर १२ औं स्थानमा रहेको छ।
आर्मी जावलाखेललाई हराएर दोस्रो स्थानमा उक्लन चाहन्छ । आर्मी १७ अंक जोडेर तेस्रो स्थानमा रहेको छ। जावलाखेल पनि आर्मीविरुद्ध उत्कृष्ट नतिजाको खोजीमा हुनेछ। जावलाखेल ८ अंक जोडेर ११ औं स्थानमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।