काठमाडौं– कोरोनाको तेस्रो लहरसँगै बन्द भएको पशुपतिनाथ मन्दिर आज (शुक्रबार)बाट दर्शनार्थीका लागि खुला भएको छ।
काठमाडौं जिल्ला प्रशासन कार्यालयको २३ गतेको निर्णयअनुसार मन्दिरमा ५० जनाभन्दा बढी नहुने गरी पूजा र ध्यान गराउने प्रावधान भएकाले मन्दिर खुला गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।
विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षाका मापदण्ड अनुसार मन्दिर प्रवेश गर्न दिने कोषको भनाइ छ।
यसअघि ओमिक्रोनको संक्रमण बढेपछि माघ ५ गतेदेखि दर्शनार्थीका लागि पशुपतिनाथ मन्दिर बन्द गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।