काठमाडौं– महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाका विभिन्न स्थानबाट हराएका २८ थान सवारी साधनहरु फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ।
महाशाखामा आयोजित हस्तान्तरण कार्यक्रममा विभिन्न कम्पनीका १७ वटा मोटरसाइकल र ११ वटा स्कुटर सम्बन्धित धनीलाई महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले हस्तान्तरण गरे।
मोटरासाइकल चोरी गर्ने गिरोहमाथि निरन्तर निगरानी राखी सूचना संकलन भइरहेको जोशीले बताए। मोटरसाइकल चोरीमा संलग्न त्यस्ता व्यक्तिहरुलाई नियन्त्रणमा लिन विशेष अप्रेसन टोली खटाइएको उनले बताए।
उपत्यकाबाट दुईपाङ्ग्रे सवारी साधनमध्ये पल्सर मोटरसाइकल बढी चोरी हुने गरेको महाशाखाको तथ्यांकले देखाएको छ। पल्सर बाहेक पछिल्लो समय स्कुटर समेत हराएको भनी निवेदन पर्ने क्रम बढेको महाशाखाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।