काठमाडौं–ललितपुरस्थित लेलेमा रोकिराखेको ट्याक्सीभित्र एक पुरुषको शव फेला परेको छ।
ट्याक्सी धनीसमेत रहेका चालक वीरबहादुर तामाङ मृत भेटिएका महानगरीय प्रहरी परिसर ललितपुरका एसपी शिद्धिविक्रम शाहले जानकारी दिए।
ट्याक्सीको ढोका लक लगेर सुतेका उनी बिहान मृत भेटिएका हुन्। उनको निसासिएर मृत्यु भएको हुनसक्ने प्रहरीले जनाएको छ।
शव पोष्टमार्टमा लागि पठाइएको एसपी शाहले बताए। पोष्टमार्टम रिपोर्ट आएपछि मृत्युको कारण पत्ता लाग्ने प्रहरीको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।