• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १०, २०८३ Wed, Aug 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

अर्थ र गृहमन्त्रीको ‘इच्छा’विपरीत धानुकलाई रोक्न सत्तागठबन्धनकै सांसदहरुको लविइङ, एआइजी बढुवा अनिश्चित

‘लुम्बिनी काण्ड’ ब्याक फायर हुने संकेत
64x64
नेपाल लाइभ बिहीबार, माघ २७, २०७८  १३:२४
1140x725

काठमाडौं– नेपाल प्रहरीमा तीन अतिरिक्त महानिरीक्षक (एआईजी)को दरबन्दी थपको विषय फेरि अन्योलमा परेको छ। प्रहरी प्रधान कार्यालयले तीन एआईजीको दरबन्दी थप्न संगठन तथा व्यवस्थापन सर्वे (ओएण्डएम) गरेर गृह मन्त्रालयमा पठाएको एक महिना बित्दा पनि दरबन्दी स्वीकृत हुन सकेको छैन। 

प्रहरी प्रधान कार्यालयले पठाएको तीन एआईजीको दरबन्दी थप्न ओएण्डएम गरेर पठाएको प्रस्ताव गृह र अर्थ मन्त्रालयबाट स्वीकृत भएको पनि झण्डै दुई साता बितिसक्दासमेत मन्त्रिपरिषदबाट स्वीकृत हुन सकेको छैन। गत सोमबार बसेको मन्त्रिपरिषद बैठकमा गृहमन्त्री बालकृष्ण खाणले तीन एआईजीको दरबन्दी थपको ओएण्डएम मन्त्रिपरिषद बैठकमा पेश गरे पनि उक्त प्रस्तावमा सामान्य छलफलबाहेक केही प्रक्रिया अघि बढ्न सकेन । 

बिहीबार नियमित कार्यसूची अनुसार मन्त्रिपरिषद्को बैठक बस्नेछ। उक्त बैठकले तीन एआईजी दरबन्दी थपको प्रस्ताव स्वीकृत गर्ने सम्भावना रहेको गृह स्रोतले जानकारी दियो।

दरबन्दी स्वीृकत भएपछि एआईजी बढुवाको प्रक्रिया अघि बढ्नेछ। एआईजी बढुवाका लागि १० डीआईजी प्रतिस्पर्धामा छन्। गत वैशाख ७ गते १० एसएसपीहरुले डीआईजीको फुली लगाएका थिए। उक्त सूची अनुसार पहिलो नम्बरमा घनश्याम अर्याल, दोस्रोमा प्रकाशजंग कार्की, तेस्रोमा वसन्त पन्त, चौथोमा इश्वरबाबु कार्की, पाँचौंमा सहकुल थापा, छैठौंमा धिरज प्रताप सिंह, सातौंमा वसन्त लामा, आठौंमा रवीन्द्र धानुक, नवौंमा उत्तमराज सुवेदी र दसौं नम्बरमा अरुण बिसी बढुवा भएका थिए। 

उनीहरुमध्ये पाँचौं नम्बरका थापा एआईजीमा बढुवा भइसकेका छन्। बाँकी रहेकामध्येबाट सिंह, लामा, धानुक, सुवेदी र बिसी बाहेकको कार्यकाल ३० वर्षे सेवा अवधिका कारण आगामी वैशाख १८ मा सकिँदैछ। उनीहरु हालका आईजीपी शैलेश थापा क्षेत्रीका ब्याची हुन्। आफूहरु सिनियर भएको र सिनियर ब्याचबाट समेत बढुवा हुनुपर्ने भन्दै उनीहरु समेत तिव्र लविइङमा लागेका छन्। कार्यसम्पादनमा अब्बल ठानिएका सिंह, सुवेदी र पन्तलाई सरकारले एआईजी बनाउने सम्भावना रहेको बताइन्छ।

त्यसैगरी उनीहरु भन्दा पछि डीआईजी भएकाहरुसमेत अहिले नै एआईजी बन्न लविइङमा लागेका छन्। २०७७ पुस २२ मा ९ एसएसपीलाई डीआइजीमा बढुवा गरिएको थियो। गणेशबहादुर ऐर, पुरुषोत्तम कँडेल, राजेशकुमार लाल कर्ण, डा. देवबहादुर बोहरा, दिवेश लोहनी, रामकृपाल साह, उमेश रन्जितकार, प्रकाश अधिकारी र मुकुन्दराज आचार्य बढुवा भएका थिए। यो टोलीबाट एआईजी बढुवाका लागि तिव्र लविइङ भएको पाइन्छ। 

‘लुम्बिनी काण्ड’ ब्याक फायर हुने संकेत
तीन एआईजीको दरबन्दी थपको विषय स्वीकृत नहुनको मुख्य कारण भने बढुवाका आंकाक्षीबीचको तिव्र प्रतिस्पर्धा रहेको स्रोतले नेपाल लाइभलाई बतायो। एआईजी बढुवा हुनेहरुको नामबीच सहमति जुट्न नसक्दा दरबन्दी थपको विषयले स्वीकृत नपाएको बताइएको छ।

यसअघि प्रहरी प्रधान कार्यालयले पठाएको तीन एआईजी दरबन्दी थपको विषयमा अर्थले समेत शर्त तेर्स्याएर मात्रै पास गरेको थियो। अर्थमन्त्री जनार्दन शर्माले आफूनिकट मानिएका डीआईजी रवीन्द्र धानुक एआईजी बढुवामा सुनिश्चित हुने भएमात्रै ओएण्डएम पास हुने बताएका थिए। गृहमन्त्री खाणले समेत अर्थमन्त्री शर्माको शर्तमा सहमति जनाएका थिए। त्यसपछि बल्ल तीन एआईजी थपको विषय अर्थबाट स्वीकृत भएको थियो।

nimb
nimb
Ncell 2
Ncell 2

पूर्ववचन अनुसार गृहमन्त्रीसमेत अहिले धानुकलाई एआईजी बढुवा गर्नुपर्छ भन्ने 'लाइन'मा छन् । स्रोतले भन्यो, ‘गृहमन्त्रीसमेत अहिले धानुकलाई एआईजी बढुवा गर्नुपर्छ भन्ने विषयमा सकारात्मक हुनुहन्छ।’

अर्थ र गृहले धानुकलाई एआईजी बढुवाका लागि च्यापेको भन्दै सत्ता गठबन्धनकै केही सांसदहरुले भने असन्तुष्टि जनाएका छन्।

गत वैशाख १९ गते लुम्बिनी प्रदेशका तत्कालीन मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव पेश भएको थियो। तत्कालीन विपक्षी गठबन्धनमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्रसहितका प्रदेश सांसदहरूले शान्तिपूर्ण प्रदर्शन गरिरहेको बेला प्रदेश प्रमुखको कार्यालयमा लुम्बिनी प्रदेशका तत्कालीन डीआईजी धानुककै प्रत्यक्ष संलग्नतामा आक्रमण भएको आरोप लगाउँदै उनलाई एआईजी बढुवा गर्न नहुने भन्दै सत्ता गठबन्धनकै केही सांसदले असन्तुष्टि जनाएका छन्।

त्यसबखत विपक्षी गठबन्धनमा ४२ प्रदेश सभा सदस्यले मुख्यमन्त्री परिवर्तनको अजेन्डा उठाएका थिए। तर, प्रदेश प्रमुखले ३७ सांसद रहेका पोखरेललाई नै मुख्यमन्त्री नियुक्त गरेका थिए।

त्यसेबला प्रदेश सांसदहरु पुर्मती ढेंगा, लौटी थारु, तारा जिसी, निर्मला क्षेत्रीसहतिका सांसदले धानुकलमाथि छानबिन गरी कारबाही गर्न भन्दै निवेदन नै दिएका थिए। उता कार्यसम्पादन मूल्याकंन कीर्ते गरेको आरोपमा तत्कालीन डीआईजी नवराज सिलवाललाई पक्राउ गरेर मुद्दा चलाउन भनेर शेरबहादुर देउवा नेतृत्वको सरकारले धानुकलाई महानगरीय प्रहरी परिसर काठमाडौंको प्रमुखमा सरुवा गरेको थियो। तर, धानुकले सिलवाललाई मुद्दा चलाउन नमानेपछि देउवा सरकार त्यसबेलदेखि नै धानुकसँग चिढिएको थियो। अहिले देउवा नै प्रधानमन्त्री रहेकाले धानुकको विषय फेरि विवादमा परेको छ। 

प्रकाशित मिति: बिहीबार, माघ २७, २०७८  १३:२४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
तेलंगानामा ४३ यात्रु सवार बस–ट्रक ठोक्कियो, ६ जनाको मृत्यु
५६ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ
गोरखकाली रबर उद्योग सञ्चालनबारे अन्योल, चर्चा गरियो तर प्राथमिकतामा परेन्
सम्बन्धित सामग्री
५६ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ तेह्रथुममा ५६ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन्। बुधबार, भदौ १०, २०८३
महिला ट्राफिक प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ, पाँच दिनको म्याद लिएर अनुसन्धान सुरु उनीविरुद्ध ड्युटीमा खटिएका राष्ट्रसेवकलाई आफ्नो कर्तव्य निर्वाहमा बाधा गरेको, अभन्द्र व्यवहार गरेको कसुरमा जिल्ला प्रशासन कार्यालय क... मंगलबार, भदौ ९, २०८३
साढे तीन क्वीन्टल बढी गाँजासहित तीन जना पक्राउ उदयपुर, कटारी नगरपालिका—४ मरूवा खोला नजिकबाट लागूऔषध गाँजा १९९ किलो ३२० ग्राम सहित कटारी नगरपालिका—४ कान्छी बजार बस्ने रूपन्देही घर... मंगलबार, भदौ ९, २०८३
ताजा समाचारसबै
तेलंगानामा ४३ यात्रु सवार बस–ट्रक ठोक्कियो, ६ जनाको मृत्यु बुधबार, भदौ १०, २०८३
५६ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ बुधबार, भदौ १०, २०८३
गोरखकाली रबर उद्योग सञ्चालनबारे अन्योल, चर्चा गरियो तर प्राथमिकतामा परेन् बुधबार, भदौ १०, २०८३
फर्नान्डेस ‘पीएफए प्लेअर अफ द इयर’ घोषित बुधबार, भदौ १०, २०८३
दुई वटा संसदीय समितिको बैठक बस्दै बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना मंगलबार, भदौ ९, २०८३
संसद् छिर्दा प्रधानमन्त्री बालेनले किन लगाउँछन् कालो चस्मा ? यस्तो रहेछ कारण मंगलबार, भदौ ९, २०८३
सर्वोच्चमा रिट दर्तापछि नेता दीपक खड्काले किन गरे अदालत ‘सेटिङ’को कुरा ? मंगलबार, भदौ ९, २०८३
सम्पत्ति छानबिन आयोगसम्बन्धी मुद्दामा बालेनको विशेष ‘चासो’, सर्वोच्चको आदेशलाई प्रधानन्यायाधीशले गर्लान् ‘न्याय’? मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्