• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक ७, २०८३ Sat, Oct 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

अर्थ र गृहमन्त्रीको ‘इच्छा’विपरीत धानुकलाई रोक्न सत्तागठबन्धनकै सांसदहरुको लविइङ, एआइजी बढुवा अनिश्चित

‘लुम्बिनी काण्ड’ ब्याक फायर हुने संकेत
64x64
नेपाल लाइभ बिहीबार, माघ २७, २०७८  १३:२४
1140x725

काठमाडौं– नेपाल प्रहरीमा तीन अतिरिक्त महानिरीक्षक (एआईजी)को दरबन्दी थपको विषय फेरि अन्योलमा परेको छ। प्रहरी प्रधान कार्यालयले तीन एआईजीको दरबन्दी थप्न संगठन तथा व्यवस्थापन सर्वे (ओएण्डएम) गरेर गृह मन्त्रालयमा पठाएको एक महिना बित्दा पनि दरबन्दी स्वीकृत हुन सकेको छैन। 

प्रहरी प्रधान कार्यालयले पठाएको तीन एआईजीको दरबन्दी थप्न ओएण्डएम गरेर पठाएको प्रस्ताव गृह र अर्थ मन्त्रालयबाट स्वीकृत भएको पनि झण्डै दुई साता बितिसक्दासमेत मन्त्रिपरिषदबाट स्वीकृत हुन सकेको छैन। गत सोमबार बसेको मन्त्रिपरिषद बैठकमा गृहमन्त्री बालकृष्ण खाणले तीन एआईजीको दरबन्दी थपको ओएण्डएम मन्त्रिपरिषद बैठकमा पेश गरे पनि उक्त प्रस्तावमा सामान्य छलफलबाहेक केही प्रक्रिया अघि बढ्न सकेन । 

बिहीबार नियमित कार्यसूची अनुसार मन्त्रिपरिषद्को बैठक बस्नेछ। उक्त बैठकले तीन एआईजी दरबन्दी थपको प्रस्ताव स्वीकृत गर्ने सम्भावना रहेको गृह स्रोतले जानकारी दियो।

दरबन्दी स्वीृकत भएपछि एआईजी बढुवाको प्रक्रिया अघि बढ्नेछ। एआईजी बढुवाका लागि १० डीआईजी प्रतिस्पर्धामा छन्। गत वैशाख ७ गते १० एसएसपीहरुले डीआईजीको फुली लगाएका थिए। उक्त सूची अनुसार पहिलो नम्बरमा घनश्याम अर्याल, दोस्रोमा प्रकाशजंग कार्की, तेस्रोमा वसन्त पन्त, चौथोमा इश्वरबाबु कार्की, पाँचौंमा सहकुल थापा, छैठौंमा धिरज प्रताप सिंह, सातौंमा वसन्त लामा, आठौंमा रवीन्द्र धानुक, नवौंमा उत्तमराज सुवेदी र दसौं नम्बरमा अरुण बिसी बढुवा भएका थिए। 

उनीहरुमध्ये पाँचौं नम्बरका थापा एआईजीमा बढुवा भइसकेका छन्। बाँकी रहेकामध्येबाट सिंह, लामा, धानुक, सुवेदी र बिसी बाहेकको कार्यकाल ३० वर्षे सेवा अवधिका कारण आगामी वैशाख १८ मा सकिँदैछ। उनीहरु हालका आईजीपी शैलेश थापा क्षेत्रीका ब्याची हुन्। आफूहरु सिनियर भएको र सिनियर ब्याचबाट समेत बढुवा हुनुपर्ने भन्दै उनीहरु समेत तिव्र लविइङमा लागेका छन्। कार्यसम्पादनमा अब्बल ठानिएका सिंह, सुवेदी र पन्तलाई सरकारले एआईजी बनाउने सम्भावना रहेको बताइन्छ।

त्यसैगरी उनीहरु भन्दा पछि डीआईजी भएकाहरुसमेत अहिले नै एआईजी बन्न लविइङमा लागेका छन्। २०७७ पुस २२ मा ९ एसएसपीलाई डीआइजीमा बढुवा गरिएको थियो। गणेशबहादुर ऐर, पुरुषोत्तम कँडेल, राजेशकुमार लाल कर्ण, डा. देवबहादुर बोहरा, दिवेश लोहनी, रामकृपाल साह, उमेश रन्जितकार, प्रकाश अधिकारी र मुकुन्दराज आचार्य बढुवा भएका थिए। यो टोलीबाट एआईजी बढुवाका लागि तिव्र लविइङ भएको पाइन्छ। 

‘लुम्बिनी काण्ड’ ब्याक फायर हुने संकेत
तीन एआईजीको दरबन्दी थपको विषय स्वीकृत नहुनको मुख्य कारण भने बढुवाका आंकाक्षीबीचको तिव्र प्रतिस्पर्धा रहेको स्रोतले नेपाल लाइभलाई बतायो। एआईजी बढुवा हुनेहरुको नामबीच सहमति जुट्न नसक्दा दरबन्दी थपको विषयले स्वीकृत नपाएको बताइएको छ।

यसअघि प्रहरी प्रधान कार्यालयले पठाएको तीन एआईजी दरबन्दी थपको विषयमा अर्थले समेत शर्त तेर्स्याएर मात्रै पास गरेको थियो। अर्थमन्त्री जनार्दन शर्माले आफूनिकट मानिएका डीआईजी रवीन्द्र धानुक एआईजी बढुवामा सुनिश्चित हुने भएमात्रै ओएण्डएम पास हुने बताएका थिए। गृहमन्त्री खाणले समेत अर्थमन्त्री शर्माको शर्तमा सहमति जनाएका थिए। त्यसपछि बल्ल तीन एआईजी थपको विषय अर्थबाट स्वीकृत भएको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

पूर्ववचन अनुसार गृहमन्त्रीसमेत अहिले धानुकलाई एआईजी बढुवा गर्नुपर्छ भन्ने 'लाइन'मा छन् । स्रोतले भन्यो, ‘गृहमन्त्रीसमेत अहिले धानुकलाई एआईजी बढुवा गर्नुपर्छ भन्ने विषयमा सकारात्मक हुनुहन्छ।’

अर्थ र गृहले धानुकलाई एआईजी बढुवाका लागि च्यापेको भन्दै सत्ता गठबन्धनकै केही सांसदहरुले भने असन्तुष्टि जनाएका छन्।

गत वैशाख १९ गते लुम्बिनी प्रदेशका तत्कालीन मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव पेश भएको थियो। तत्कालीन विपक्षी गठबन्धनमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्रसहितका प्रदेश सांसदहरूले शान्तिपूर्ण प्रदर्शन गरिरहेको बेला प्रदेश प्रमुखको कार्यालयमा लुम्बिनी प्रदेशका तत्कालीन डीआईजी धानुककै प्रत्यक्ष संलग्नतामा आक्रमण भएको आरोप लगाउँदै उनलाई एआईजी बढुवा गर्न नहुने भन्दै सत्ता गठबन्धनकै केही सांसदले असन्तुष्टि जनाएका छन्।

त्यसबखत विपक्षी गठबन्धनमा ४२ प्रदेश सभा सदस्यले मुख्यमन्त्री परिवर्तनको अजेन्डा उठाएका थिए। तर, प्रदेश प्रमुखले ३७ सांसद रहेका पोखरेललाई नै मुख्यमन्त्री नियुक्त गरेका थिए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

त्यसेबला प्रदेश सांसदहरु पुर्मती ढेंगा, लौटी थारु, तारा जिसी, निर्मला क्षेत्रीसहतिका सांसदले धानुकलमाथि छानबिन गरी कारबाही गर्न भन्दै निवेदन नै दिएका थिए। उता कार्यसम्पादन मूल्याकंन कीर्ते गरेको आरोपमा तत्कालीन डीआईजी नवराज सिलवाललाई पक्राउ गरेर मुद्दा चलाउन भनेर शेरबहादुर देउवा नेतृत्वको सरकारले धानुकलाई महानगरीय प्रहरी परिसर काठमाडौंको प्रमुखमा सरुवा गरेको थियो। तर, धानुकले सिलवाललाई मुद्दा चलाउन नमानेपछि देउवा सरकार त्यसबेलदेखि नै धानुकसँग चिढिएको थियो। अहिले देउवा नै प्रधानमन्त्री रहेकाले धानुकको विषय फेरि विवादमा परेको छ। 

प्रकाशित मिति: बिहीबार, माघ २७, २०७८  १३:२४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बाढी र पहिरोका कारण विभिन्न सडक खण्ड अवरुद्ध
आजदेखि नेकपाको राष्ट्रिय जागरण अभियान, प्रचण्ड र माधव नेपालले उद्घाटन गर्ने
रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु
सम्बन्धित सामग्री
रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु रुकुम पश्चिमको बाफिकोट गाउँपालिकामा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु भएको छ । बाफिकोट गाउँपालिका–२ स्वाराका बलबहादुर नाथका ६... शनिबार, कात्तिक ७, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु जिल्ला प्रशासन कार्यालय बझाङ, गृह मन्त्रालयलगायतका निकायमा पहल गरी हेलिकोप्टरको उडानको तयारी हुँदाहुँदै उनको मृत्यु भइसकेको थियो । शुक्रबार, कात्तिक ६, २०८३
एमाले कार्यालय असुरक्षित भएको भनिएको घट्ना के हो ? २४ सै घण्टा पहरा दिने प्रहरी हटाइएपछि एमालेले कार्यालय असुरक्षित हुनबाट जोगाउन नयाँ सुरक्षा व्यवस्था अपनाएको छ । बिहीबार, कात्तिक ५, २०८३
ताजा समाचारसबै
बाढी र पहिरोका कारण विभिन्न सडक खण्ड अवरुद्ध शनिबार, कात्तिक ७, २०८३
आजदेखि नेकपाको राष्ट्रिय जागरण अभियान, प्रचण्ड र माधव नेपालले उद्घाटन गर्ने शनिबार, कात्तिक ७, २०८३
रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु शनिबार, कात्तिक ७, २०८३
कस्तो छ आजको मौसम? शनिबार, कात्तिक ७, २०८३
ट्रम्पको चेतावनी : इरानमाथि फेरि सैन्य आक्रमण हुन सक्छ शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
चक्रवातको प्रभावले नेपालमा झरीको सम्भावना, धान नभित्र्याउन मौसमविद्को सुझाव शुक्रबार, कात्तिक ६, २०८३
भारत भ्रमणले राजनीतिक सरगर्मी बढाएसँगै रविको स्पष्टोक्ति– जेलमा रहँदाको भाकल पूरा गर्न जाँदैछु शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्