काठमाडौं– मानव बेचबिखन तथा ओसारपसार मुद्दाका फरार प्रतिवादी २० वर्षपछि पक्राउ परेका छन्। पक्राउ पर्नेमा सिन्धुपाल्चोक जिल्ला साविक कुविण्डे गाविस–६ का का ५० वर्षीय चोपनाथ नेपाल रहेको प्रहरीले जनाएको छ।
लुकीछिपी कुविण्डे क्षेत्रमा बसेको सूचनाका आधारमा उनलाई बुधबार बेलुका ७ बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कुमार बस्नेतले जानकारी दिए।
मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत सिन्धुपाल्चोकको विसं २०५८ पुस १६ गतेको फैसलाले नेपाललाई एक वर्ष छ महिना कैद सजाय तोकेको थियो।
जिल्ला अदालतको बुधबार २६ गतेको आदेशले निजलाई लागेको कैद सजाय असुलका लागि बुधबार नै कारागार कार्यालय चौतारा चलान गरेको प्रनाउ बस्नेतले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।