काठमाडौं– इंग्लिस प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीले सहज जित हासिल गरेको छ। गएराति सम्पन्न खेलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २–० गोल अन्तरले पराजित गरेको हो।
सिटीको जितमा रियाद महरेज र केभिन डि ब्रुयनले एक एक गोल गरेका थिए। महरेजले खेलको ४०औं मिनेटमा पेनाल्टीबाट गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए भने ब्रुयनले खेलको ६९औं मिनेटमा गोल गर्दै सिटीको अग्रता दोब्बर पारेका थिए।
यो जितपछि प्रिमियर लिगको शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीले आफ्नो अग्रता बढाएको छ। २४ खेलमा ६० अंक रहेको सिटी दोस्रो स्थानमा रहेको लिभरपुलभन्दा १२ अंकले अगाडि छ।
त्यस्तै पराजित ब्रेन्टफोड भने २४ खेलबाट २३ अंकका साथ लिगको १४औं स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।