काठमाडौं– इंग्लिस क्लब चेल्सी फिफा क्लब विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ।
बुधबार राति सम्पन्न सेमिफाइनलमा साउदी अरेबियाको अल हिलाललाई १–० गोलले हराउँदै चेल्सी उपाधि नजिक पुगेको हो।
चेल्सीलाई जित दिलाउन रोमेलु लुकाकुले निर्णायक गोल गरे । लुकाकुले खेलको ३२ औं मिनेटमा गोल गरेका हुन्।
चेल्सीले अब उपाधिका लागि ब्राजिलियन क्लब पाल्मिरस क्लबसँग प्रतिस्पर्धा गर्नेछ।पहिलो सेमिफाइनलमा इजिप्टको अल अह्लीलाई २–० गोल अन्तरले हराएर पाल्मिरस उपाधि नजिक पुगिसकेको छ।
क्लब विश्वकपको फाइनल खेल शनिबार हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।