काठमाडौं– कोरोना भाइरसको तेस्रो लहरका कारण माघ पहिलो सातादेखि बन्द रहेको पशुपतिनाथ मन्दिर माघ २८ गते (शुक्रबार)देखि खुला हुने भएको छ।
कोरोना सङ्क्रमण बढ्न थालेपछि यही माघ ५ गतेदेखि पशुपतिनाथ मन्दिर भक्तजनका लागि बन्द गरिएको थियो। मन्दिर बन्द भएपछि नित्य पूजा मात्र भइरहेको कोषले जनाएको छ।
संक्रमण जोखिमका कारण विगत एक महिनादेखि बन्द रहेको मूल मन्दिर शुक्रबबारदेखि खेल्न लागिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।
कोषले बुधबार एक सूचना जारी गर्दै मन्दिर खोल्न लागेको जानकारी दिएको हो। जिल्ला प्रशासन कार्यालय काठमाडौंको माघ २३ गतेको आदेशानुसार मठ, मन्दिर, मस्जिद, गुम्बा, चर्चलगायतका स्थलमा जनस्वास्थ्य मापदण्ड पालना गरी एक पटकमा ५० जनाभन्दा बढी नहुने गरी पूजा, ध्यान वा प्रार्थना गर्न सकिने उल्लेख भएकाले मन्दिर खुला गर्न लागिएको सूचनामा उल्लेख छ। कोषले महाशिवरात्रिको तयारी गरेसँगै पशुपतिनाथ मन्दिर खुला गर्ने जनाएको थियो।
कोषका सदस्य सचिव डा मिलनकुमार थापाद्वारा जारी सूचनामा आज जारी गर्नुभएको सूचनामा विश्वस्वास्थ्य सङ्गठन र नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड पालना गरेर शुक्रबारदेखि मन्दिर खुला गर्न लागिएको उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।