काठमाडौं- नेपाल प्रहरीले स्रोत नखुलेको ६९ लाख ९९ हजार रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरी तथा महानगरीय प्रहरी वृत्त बालाजुको टोलीले काठमाडौं महानगरपालिका-१६ बाइपासस्थित ओरालो बाटोमा स्रोत नखुलेको उक्त नगदसहित नुवाकोट ककनी गाउँपालिका-३ चाउथेका २९ वर्षीय नवराज ढुंगानालाई मंगलबार राति पक्राउ गरी आज सार्वजनिक गरेको हो।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले कालो रङको झोलाभित्र नगद बोकेर हिँडिरहेको अवस्थामा ढुंगानालाई पक्राउ गरिएको जानकारी दिए।
पक्राउ परेका ढुंगानाबाट प्रहरीले एक हजार रुपैयाँ दरका पाँच हजार ७३४ थान, ५०० रुपैयाँ दरका दुई हजार ५३० थान, ल्यापटप ब्याग एक थान र साइड ब्याग एक थान बरामद गरेको छ। उनलाई आवश्यक अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग पठाइएको प्रवक्ता मैनालीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।