काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले शताब्दी वाङ्मय पुरुष सत्यमोहन जोशीको स्वास्थ्यलाभको कामना गरेकी छन्।
राष्ट्रपति भण्डारीका तर्फबाट उनका संस्कृति मामिलासम्बन्धी सल्लाहकार माधव शर्मासहित सचिवालयका सदस्यहरु संस्कृतिविद् जोशी उपचाररत ललितपुरको ग्वार्कोस्थित किष्ट अस्पतालमा आज पुगेर स्वास्थ्यलाभको कामना गरेका हुन्।
आजै स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले पनि अस्पताल पुगेर जोशीको स्वास्थ्यस्थितिबारे जानकारी लिएका थिए।
केही दिनअघि स्वास्थ्यमा समस्या भइ उपचारार्थ भर्ना भएका जोशीको हाल स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उनका भतिज अजर जोशीले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।