फाइल तस्बिर।
काठमाडौ- यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ वैशाख ९ गतेदेखि हुने भएको छ।
बुधबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले वैशाख ९ देखि २० सम्म परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो। कोरोना महामारीका कारण पढाइ प्रभावित भएकाले बोर्डले एक महिना ढिलोगरी परीक्षा तालिका तय गरेको हो।
सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन तय गरेकाले त्यसअघि नै परीक्षा गरिसक्न वैशाख ९ तोकिएको बोर्डले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।