काठमाडौं–उच्च सरकारी वकिल कार्यालय, पोखराका तत्कालीन सह–न्यायाधिवक्ता सुरेन्द्रबहादुर थापाविरुद्ध मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धानले ६१ लाख २ हजार ७६ रुपैयाँ बिगो मागदाबी गर्दै बुधबार विशेष अदालमा मुद्दा दायर गरेको हो।
बिभिन्न कार्यालयमा पदमा बहाल रहँदा स्रोत नखुलेको सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्ने उजुरीको आधारमा अनुसन्धान गर्दा उनले ६१ लाख भन्दा बढी सम्पत्ति गैरकानूनी कामबाट आर्जन गरेको पाइएपछि मुद्दा दायर गरिएको अख्तियारका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले बताए।
२०४५ असार ५ गते सार्वजनिक सेवाको पदमा प्रवेश गरेदेखि आर्थिक वर्ष २०७५/०७६ सम्ममा उनले ६१ लाख भन्दा बढी अकुत सम्पित्त कमाएको अख्तियारले जनाएको छ।
थापाले आफ्नो सेवा अवधिसम्म वैद्य रुपमा आर्यज हुने १ करोड ७६ लाख ७६ हजार ९ सय २९ रुपैयाँ हुन्छ।
तर उनले जम्मा तथा लगानी गरेको सम्पत्ति २ करोड ३७ लाख ७८ हजार १९७ रुपैयाँ हुन आएको अख्तियारको दाबी छ। यसरी उनले ६१ लाख भन्दा बढी अकुत सम्पत्ति आर्जन गरेको अख्तियारले जनाएको छ।
उनले श्रीमती अन्जु खड्काको नाममा ट्रक, जग्गा खरिददेखि घर निर्माणसम्म गरेको तथा विभिन्न बैंकहरुमा रकम समेत जम्मा गरेको अख्तियारले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।