• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

देश संघीयतामा गए पनि मानवअधिकार प्राथमिकतामा पर्न सकेन : आयोग

64x64
नेपाल लाइभ बुधबार, माघ २६, २०७८  १५:०८
1140x725

काठमाडौं- राष्ट्रिय मानवअधिकार आयोगले देश संघीयतामा प्रवेश गरे पनि मानव अधिकारका सवालहरू तीनै तहका सरकारहरूको प्राथमिकतामा पर्न नसकेको प्रष्ट पारेको छ।

आयोगका वर्तमान पदाधिकारीहरूले पदभार गरेको एक वर्ष पुगेको अवसरमा आयोजित पत्रकार सम्मेलनमा आयोगका पदाधिकारी र कर्मचारीहरुले यस्तो जानकारी दिएका हुन्।

आयोगका अनुसार नागरिकका आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारहरुले प्राथमिकता पाउन सकेको छैन। ‘दूर दराजमा नागरिकका आधारभूत अधिकारहरु नै जोखिममा छन्। महिला हिंसाका घटनाहरुको न्यूनीकरण हुन सकेको छैन,’ आयोगका अध्यक्ष तपबहादुर मगलरे भने,‘देश सङ्घीयतामा प्रवेश गरे तापनि मानव अधिकारका सवालहरु तीनै तहका सरकारहरुको प्राथमिकतामा पर्न सकेको छैन।’

देश राजनीतिक एजेण्डामा नै बढी केन्द्रित हुँदा मानव अधिकारको एजेण्डा सधैँ छायाँमा पर्दै आएको आयोगको बुझाइ छ।

‘कार्यपालिकाको काममा मानव अधिकारको विषय प्राथमिकतामा नपर्नु तथा व्यवस्थापिका संसद् र न्यायपालिकामा लामो समयदेखि अवरोध सिर्जना हुँदा नागरिकको मौलिक हकहरुको कार्यान्वयनमा चुनौती थपिएको छ,’ अध्यक्ष मगरले भने।

राज्य नागरिकहरुप्रति कति उत्तरदायी छ भन्ने कुरा देशको मानव अधिकारको अवस्थाले इंगित गर्ने आयोगले भनेको छ। 

अध्यक्ष मगरले आयोगले सरकारलाई सिफारिस गर्ने तर सरकारले त्यसलाई कार्यान्वयन नगर्ने समस्या भइरहेको बताए। 

आयोगका सदस्य डा. सूर्यप्रसाद शर्मा ढुङ्गलले सम्बन्धित निकायमा कुनै उजुरी आएमा हामीले त्यसको सत्यतथ्य बुझेर नै अयोगले काम गरिरहेको बताए।  ‘आयोगको सिफारिस कार्यान्वयन गर्ने सवालमा नेपालमा मात्रै नभइ अन्य देशमा पनि त्यस्तै अवस्था रहेको छ। आयोगलाई विपक्षी जस्तो सोच्ने काम हुने गरेको छ,’उनले भने,‘अस्थिरता हुने गरेकाले पनि समस्या छ। कर्मचारी तन्त्रमा पनि पटकपटक सचिव कर्मचारी परिवर्तन भइरहने लगायतले पनि केही जटिलता देखिएको छ।’

Ncell 2
Ncell 2
nimb
nimb

आयोगका कामु सचिव मुरारीप्रसाद खरेलले आयोगले गरेको सिफारिस किन कार्यान्वयन हुन सकेन भनेर सरकारलाई बारम्बार ध्यानाकर्षण गराउने काम हुँदै आएको बताए। ‘पछिल्लो समय आयोगले दिएको सिफारिस कार्यान्वयन गर्नका लागि भनेर एउटा कार्यदल बनाइएको छ। तीन महिना भित्रमा आयोगको सिफारिस कार्यान्वयन गर्नुपर्ने व्यवस्था छ,’उनले भने,‘अबका दिनमा कार्यान्वयनको अवस्थामा केही सुधार हुन सक्छ।’

उनले प्रहरी हिरासत र कारागारमा भएका आत्महत्या र मृत्युका सम्बन्धमा आयोगले गहिरो रुपमा अनुसन्धान र सर्भेको काम गरिरहेको भन्दै त्यसको प्रतिवेदन पछि थप काम अघि बढाइने बताए।

आयोगका सहसचिव दिपक जङ्गध्वज कार्कीले हिरासत र कारागार मृत्यु हुने घटनालाई गम्भीर रूपमा लिएर आयोगले गृह मन्त्रालय प्रहरी कार्यालय बाट तथ्यांक मागेर अध्ययन गरिरहेको बताए।
आयोगका आगामी कार्यहरुलाई दिशानिर्देश गर्न आयोगको पाँचौँ रणनीतिक योजनाको समीक्षा गर्दै आयोगले छैठौँ रणनीतिक योजना (२०२१ – २०२६) निर्माण गरी कार्य प्रारम्भ गरेको छ। 

कानूनले प्रदान गरेका अधिकारहरूको प्रभावकारी कार्यान्वयनमा देखिएका समस्याहरूको अध्ययन अनुसन्धान गरी बाधा अड्चन फुकाउन सरोकारवालालाई निर्देशन दिने, मानव अधिकार संरक्षण र संवद्र्धनमा सूचना प्रविधिको उच्चतम् प्रयोग गर्ने एवम् विपद् तथा महामारीको समयमा मानव अधिकारको अवस्था अनुगमन गरी मानव अधिकार संरक्षण र संवद्र्धन गर्न सरकारलाई सुझाव तथा निर्देशन दिने विषयलाई प्राथमिकतामा राखिएको आयोगले जनाएको छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

आयोगले आसन्न निर्वाचनको अनुगमन, कोभिड १९ महामारीले पार्न सक्ने दीर्घकालीन प्रभाव, मौलिक हकको कार्यान्वयन, आर्थिक,सामाजिक तथा सांस्कृतिक अधिकारको प्रत्याभूतिका लागि तीनै तहका सरकार एवम् मानव अधिकार सम्बन्धी संवैधानिक आयोगहरुसँग मानव अधिकारको संरक्षणका लागि सहकार्य गर्ने आयोगको तयारी छ।

प्रकाशित मिति: बुधबार, माघ २६, २०७८  १५:०८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल सञ्चालनमा
खगेन्द्र सुनार प्रकरणमा सरकारको जवाफ : ‘आवश्यक प्रक्रियाअनुसार अनुसन्धान हुन्छ’
नेपालमा भारतले पठायो सचिवस्तरका कूटनीतिज्ञ दलेला, राजदूतमा नियुक्त
सम्बन्धित सामग्री
भोटेकोशी बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल सञ्चालनमा प्रधानमन्त्री शाहका अनुसार पूर्वाधार विकास मन्त्रालयले त्रिशूली करिडोरअन्तर्गतका क्षतिग्रस्त पुलहरूको मर्मत गरी सञ्चालनमा ल्याएको हो... शुक्रबार, असोज ३०, २०८३
खगेन्द्र सुनार प्रकरणमा सरकारको जवाफ : ‘आवश्यक प्रक्रियाअनुसार अनुसन्धान हुन्छ’ शुक्रबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकपछि निर्णय सार्वजनिक गर्ने क्रममा सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सुनार... शुक्रबार, असोज ३०, २०८३
स्वीकृतिबिनै इन्टरनेट प्याकेज र शुल्क लागू गर्ने सेवा प्रदायकलाई ५० हजार जरिवाना प्राधिकरणबाट इन्टरनेट (इमेलसहित) सेवा सञ्चालनको अनुमतिपत्र लिएका केही सेवा प्रदायकले अनुमतिपत्रका सर्तविपरीत काम गरेको पाइएपछि दूरसञ... शुक्रबार, असोज ३०, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल सञ्चालनमा शुक्रबार, असोज ३०, २०८३
खगेन्द्र सुनार प्रकरणमा सरकारको जवाफ : ‘आवश्यक प्रक्रियाअनुसार अनुसन्धान हुन्छ’ शुक्रबार, असोज ३०, २०८३
नेपालमा भारतले पठायो सचिवस्तरका कूटनीतिज्ञ दलेला, राजदूतमा नियुक्त शुक्रबार, असोज ३०, २०८३
कांग्रेस सभापतिमा निर्वाचित गगन थापाको शपथ तथा पदबहाली फूलपातीको दिन गरिँदै शुक्रबार, असोज ३०, २०८३
स्वीकृतिबिनै इन्टरनेट प्याकेज र शुल्क लागू गर्ने सेवा प्रदायकलाई ५० हजार जरिवाना शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्