काठमाडौं– इलाममा निर्मित सुकिलुम्बा विमानस्थलमा परीक्षण उडान सफलतापूर्वक सम्पन्न भएको छ। बुधबार नेपाल एयरलाइन्सको जहाजले परीक्षण उडान गरेको हो।
इलाम नगरपालिका–९ मा निर्मित फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा परीक्षण उडान सफल भएसँगै व्यावसायिक उडान हुने भएको हो। ८५७ मिटर उचाइमा रहेको यो विमानस्थल इलामकै पहिलो हो। ६७० मिटर लम्बाइ र २० मिटर चौडाइ रहेको यो विमानस्थलमा एकतर्फी मात्र धावनमार्ग छ।
काठमाडौंबाट सुकिलुम्बा अवतरण गर्न एउटा जहाजलाई एक घण्टा समय लाग्ने नेपाल एयरल्यान्सको अपरेसन प्रमुख वरिष्ठ पाइलट दीपु ग्वार्चनले बताए।
यसअघि २०७५ जेठ २१ गते पनि परीक्षण उडान सम्पन्न भएको विमानस्थलमा कालोपत्रे सम्पन्न भएपछि बुधबार पुनः उडान भएको हो। नागरिक उडड्यन प्राधिकरणले विमानस्थलमा फागुन ८ गतेदेखि व्यावसायिक उडान गर्ने तयारी थालेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।