काठमाडौं– इंग्लिस प्रिमियर लिगअन्तर्गत न्युक्यासल युनाइटेडले जित हात पारेको छ। न्यूक्यासलले एभर्टनलाई ३–१ ले पराजित गरेको हो।
सेन्ट जेम्स पार्कमा मंगलबार राति भएको खेलमा घरेलु टोलीको जितमा रायन फ्रासेर र काइरन ट्रिपिएरले गोल गर्दा एक गोल उपहार पाएको थियो।
एभर्टनले ३६औं मिनेटमा जमाल लासेलेसको आत्मघाती गोलबाट सुरुवाती अग्रता लिएको थियो। लगत्तै ३७औं मिनेटमा मासन होल्गेटले आत्मघाती गोल गरेपछि पहिलो हाफ १–१ गोलको बराबरीमा सकियो।
खेलको ५६औं मिनेटमा रायन फ्रासेरले गोल गर्दै न्यूक्यासललाई खेलमा २–१ ले अघि बढाए। ८०औं मिनेटमा काइरन ट्रिपिएरले फ्रिकिकमा सिधै गोल गर्दै न्यूक्यासलको जित पक्का गरे।
यो जितसँगै न्यूक्यासल २२ खेलबाट १८ अंक जोडेर १७औं स्थानमा रहेको छ। पराजित एभर्टन २१ खेलबाट १९ अंक जोडेर १६औं स्थानमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।