काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत म्यानचेस्टर युनाइटेड बराबरीमा रोकिएको छ। मंगलबार राति सम्पन्न खेलमा युनाइटेड रेलिगेशन जोनमा रहेको वर्नलीसँग १–१ को बराबरीमा रोकिएको हो।
वर्नलीको घरेलु मैदानमा सुरुआती अग्रता जवोगाउन नसक्दा नसक्दा शीर्ष चारमा उक्लिने मौका गुमाएको छ। पाउलो पोग्वाले १८औं मिनेटमा गरेको गोलसंगै युनाइटेडले अग्रता बनाएको थियो । खेलको ४७औं मिनेटमा घरेलु टोलीका जय रोड्रिगुयजले गोलद गर्दै खेल बराबरीमा ल्याए।
बराबरीपछि युनाइटेड २३ खेलबाट ३९ अंकसहित पाँचौं स्थानमा छ। वर्नली भने २० खेलबाट १४ अंकसहित पुछारमा रहेको छ। लिगमा २३ खेलबाट ५७ अंक सहित म्यान्चेस्टर सिटी शीर्ष स्थानमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।