काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)ले सहिद स्मारक ए डिभिजन लिग फुटबलको दशौँ देखि १३ औं चरणसम्मको खेल तालिका सार्वजनिक गरेको छ।
एन्फाले मंगलबार लिगको बाँकी रहेको सबै ४ चरणको खेल तालिका सार्वजनिक गरेको हो। तालिका अनुसार दशौँ चरणका खेलहरु माघ २८ देखि फागुन १ गतेसम्म हुनेछ भने ११ औं चरणका खेलहरु फागुन ३ देखि ५ गतेसम्म चल्नेछ।
त्यस्तै १२ चरणका खेलहरु फागुन ७ देखि १० गतेसम्म हुनेछ। १३ औं चरणका खेलहरुको मिति भने तय भएको छैन। लिगमा मछिन्द्र फुटबल क्लब २३ अंक जोडेर शीर्ष स्थानमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।