काठमाडौं– बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ परेकी छन्।
नुवाकोट विदुर नगरपालिका–११ स्थायी ठेगाना भई काठमाडौं टोखा नगरपालिका–३ धनेश्वर बस्ने ४१ वर्षीया अम्बिका बुढाथोकीलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो।
बैंकिङ कसूर मुद्दामा बुढाथोकीविरुद्ध उच्च अदालत पाटनले गत कात्तिक २३ गते १७ लाख ४२ हजार ८ सय ७७ रुपैयाँ जरिवाना र ६ दिन कैद सजाय ठहर गरेको थियो।
फरार रहेकी उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले ललितपुर भैंसेपाटीबाट पक्राउ गरेको हो।
उनले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानीजानी पीडितलाई सिद्धार्थ बैंक लिमिटेडको शाखा कार्यालय धनेश्वर काठमाडौंमा रहेको उनको खाताबाट रकम भुक्तान हुनेगरी चेक दिएर ठगी गरेको प्रहरीले जनाएको छ।
उनलाई फैसला कार्यान्वयनको अदालत पेश गरिएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।