मार्तडी– बाजुराको बूढीनन्दा नगपालिकामा जंगली बँदेलको आक्रमणबाट एक जनाको मृत्यु भएको छ।
बँदेलको आक्रमणमा परी बूढीनन्दा–३ चोलुका १५ वर्षीय सुरेन्द्र विष्टको मृत्यु भएको प्रहरीले जनाएको छ। छाप्रा डोरा सामुदायिक वनमा बाख्रा चराउन गएका बेला उनलाई सोमबार दिउँसो बँदेलले आक्रमण गरी घाइते बनाएको थियो।
घाइते विष्टको प्राथमिक स्वास्थ्यचौकी कोल्टीमा लैजानेक्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धनदेव साउदले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।