काठमाडौं- नेपाल नर्सिङ परिषद्ले यसवर्षको अन्तिम नर्सिङ तथा मिडवाइफ्रि लाइसेन्स परीक्षा आगामी १२ चैतमा गर्ने भएको छ। परिषद्ले परीक्षामा सहभागी हुनका लागि (२६ माघ) भोलि देखि २६ फागुनसम्म फर्म खुलाउँदै छ।
परिषदले तोकिएको समयमा फर्म भर्न छुटेकाहरुले दोब्बर दस्तुर तिरेर २७ फागुन देखि ३ चैतसम्म भर्न सक्ने जनाएको छ।
परीक्षामा सहभागी हुनका लागि नर्सिङ तर्फ पीसीएल नर्सिङ र बीएस्सी नर्सिङ तथा मिडवाइफ्री तर्फ बीएमएस पास गरेको हुनुपर्ने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।