चितवन– गैंडाको खाग चोरी गरेको मुद्दामा फरार रहेका एक अभियुक्त २३ वर्षपछि पक्राउ परेका छन्। निकुञ्ज प्रशासनले खाग चोरीका फरार अभियुक्त कालिका नगरपालिका–२ का ५८ वर्षीय कृष्णप्रसाद न्यौपानेलाई पक्राउ गरेको हो।
गैंडा मारी खाग तस्करी गरेको अभियोगमा न्यौपानेलाई विसं २०५७ माघ २५ गते १० वर्ष कैद र १ लाख रुपैयाँ जरिवाना तोकिएको थियो। उनलाई यही माघ ७ गते पक्राउ गरी सोमबार सार्वजनिक गरिएको हो।
निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार पक्राउ परेका न्यौपानेलाई कोभिड–१९ संक्रमण देखिएको थियो। कोभिड संक्रमण नेगेटिभ आएसँगै उनलाई कारागार कार्यालय भरतपुर पठाइएको उनले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।