काठमाडौं– हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। उक्त प्रणालीका कारण हाल देशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ भने तराईका भूभागमा हुस्सु लागेको महाशाखाको भनाइ छ।
आज (मंगलबार) दिउँसो प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहने महाशाखाको भनाइ छ। अन्य प्रदेशमा भने आंशिक बदली रहने जनाइएको छ।
दिउँसोतिर प्रदेश १ का केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। दिनभर सामान्यतया मौसम सफा रहने महाशाखाले जनाएको छ।
आज राति प्रदेश १, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने र अन्य प्रदेशमा मौसम आंशिक बदली रहने महाशाखाको भनाइ छ।
देशका पूर्वी तथा पश्चिमी भूभागका उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दूई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको भनाइ छ।
चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउनसमेत महाशाखाले अनुरोध गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।