काठमाडौं- प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आउँदो वैशाख ३० मा स्थानी निर्वाचन गर्ने सरकारको निर्णयको स्वागत गरेको छ।
एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले यो सकारात्मक कुरा रहेको बताउँदै संविधान र कानुन अनुरुप काम हुँदा पनि खुशी हुनुपर्ने अवस्था आएको प्रतिक्रिया दिए।
'मुलुकको संविधान र राज्यका कानुनले किटान गरेको व्यवस्था अनुरुप काम हुँदा पनि खुशी मान्नुपर्ने स्थिति आएको छ', उनले भने, 'मुलुक, जनता र प्रणालीप्रति घात गर्ने कुरा भइरहेको थियो। कुनै तर्क-कुतर्क गरेर समेत निर्वाचन सार्ने खेल भइरहेको थियो। तर, केही नलागेपछि निर्वाचन घोषणा भयो।'
निर्वाचनलाई सकारात्मक रुपमा लिएर सफलताका साथ सम्पन्न गर्न आफूहरुले सरकारलाई सघाउने पोखरेलले बताए। एमाले पहिलेदेखि नै निर्वाचनको पक्षमा रहेको बताउँदै उनले सरकार चुनाव घोषणा गर्न बाध्य भएको उल्लेख गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।