काठमाडौं–मदिरा सेवन गरेर अन्धाधुन्दा खुकुरी चलाएर दुई जनाको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–७ का विजय तामाङ छन्।
उनले गएराति खुकुरी प्रहार गरी सोही ठाउँका ७० वर्षीया वासुमाया तामाङ र ५९ वर्षीय सन्तवीर तामाङको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सिन्धपाल्चोकका डीएसपी तथा प्रवक्ता दक्षकुमार बस्नेतले जानकारी दिए।
दुई जनाको हत्या गरेको खबर प्राप्त हुनासासथ प्रहरी चौकी लामोसाँघुबाट सई, इलाका प्रहरी कार्यालय बाह्रबिसेबाट इन्सपेक्टर र जिल्ला प्रहरी कार्यालयबाट डीएसपीसहितको टोली घटनास्थल पुगेको थियो। अनुसन्धानका क्रममा हत्या गरेर उनी करिब २ किलोमिटर टाढाको कुलबाध सामुदायिक जंगलमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको हो।
उनीमाथि कर्तव्य ज्यानको कसुरमा म्याद लिएर अनुसन्धान सुरु गरिने डीएसपी बस्नेतले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।