काठमाडौं- चन्द्रागिरि डाडाँमा हिउँ खेल्न गएका पाँच जनाको प्रहरीले उद्धार गरेको छ।
आइतबार दिउँसो चन्द्रागिरी डाडाँमा हिउँ खेल्न गएका काठमाडौं चन्द्रागिरी नगरपालिका- ६ महादेवस्थान बस्ने एकै परिवारका ५ जना हराएका थिए।
हिउँ खेल्न गएका छोराछोरी हराएपछि राति साढे ८ बजे आफन्तले प्रहरीमा खबर गरेका थिए। वर्ष २३ की रिता गुरुङ, वर्ष १५ का सौभाग्य, वर्ष १३ का सहज, वर्ष ११ की जेनिसा, वर्ष ७ की एरविन हिउँ खेल्न जाँदा हराएका थिए।
खबर पाएसँगै प्रहरी नायव उपरीक्षक डिल्लि नारायण पाण्डेय र महानगरीय नगर प्रहरी कार्यालय भृकुटिमण्डपबाट प्रहरी नायव उपरीक्षकको कमाण्डमा विपद् ब्यबस्थापन गुल्म सामाखुसी समेत गरी ३७ जनाको टोली खोजि कार्यको लागी खटिएको प्रहरीले जनाएको छ।
५ घण्टाको लामो खोजी कार्यपश्चात् हराई रहेका उनीहरुलाई चन्द्रागिरी जंगलबाट सोमबार विहान सवा १ बजे फेला पारि सकुशल उद्धार गरी स्वास्थ्य परीक्षणसमेत गराई आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।