बुटवल- बुटवलमा रोकिराखेको ट्रकमा कार ठोक्किँदा तीन जनाको मृत्यु भएको छ। सोमबार बिहान भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन्।
दुर्घटनामा मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका १३ का २९ वर्षीय सविन चौधरी, सोही ठाउँका २७ वर्षीय गोविन्द चौधरी र २७ वर्षीय नवीन श्रेष्ठ रहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा बुटवल–१३ का भगीरथ चौधरी र वडा नम्बर १२ का अनिष जिसी गम्भीर घाइते भएका छन्। उनीहरुको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको लुम्बिनी ट्राफिक प्रदेश प्रहरी कार्यालयका प्रवक्ता मोहनबहादुर खाणले जानकारी दिए।
बुटवल–१२ तामनगर नजिक रहेको कोरियन टेक्निकल कलेज अगाडि रोकेर राखेको लु२ख ९७७२ नम्बरको ट्रकमा लु३च ४४४२ नम्बरको कार ठोक्किँदा सो दुर्घटना भएको प्रहरीले जनाएको छ। कारमा पाँच जना सवार रहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।