काठमाडौं- फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले ५-१ जित दर्ता गरेको छ। आइतबार राति भएको खेलमा पीएसजीले लिललाई फराकिलो गोल अन्तरले पराजित गरेको हो।
खेलमा डानिलो पेरिएर पीएसजीका लागि सुरुआती गोल गरेका थिए तर २८ औं मिनेटमा स्भेन बोटम्यानले गोल गर्दै लिललाई १-१ को बराबरीमा पुर्याएका थिए।
खेलको ३२ औं मिनेटमा प्रेसनल किमपेम्बेले गोल गर्दै पीएसजीलाई २-१ को अग्रता दिलाए। लियोनल मेस्सीले ३८ औं मिनेटमा गोल गरेभने दोस्रो हाफको ५१ औं मिनेटमा केलियन एमबाप्पेले गोल गरेका थिए।
खेलको ६७ औं मिनेटमा डानिलोले व्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीलाई ५-१ को सहज जित दिलाएका थिए। शीर्ष स्थानको पीएसजीले २३ खेलमा ५६ अंक बनाएको छ। लिल ३२ अंक जोडेर ११ औं स्थानमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।