काठमाडौं- हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। हाल देशको पहाडी भू-भागमा आंशिकदेखि समान्य बदली रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश १ को पहाडी भू-भागको एक, दूई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
आज राति प्रदेश१, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहि अन्य प्रदेशमा मौसम आंशिक बदली रहनेछ। प्रदेश १ को पहाडी भू-भागको एक वा दूई स्थानमा हल्का वर्षा को सम्भावना रहको महाशाखाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।