कञ्चनपुर- ज्यानसम्बन्धी मुद्दाका फरार प्रतिवादी बेलडाँडी गाउँपालिका-१ का ४२ वर्षीय देवसिंह धामीलाई प्रहरीले १८ वर्षपछि आज पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहका अनुसार वारदात गरी २०६० साल जेठ १५ गतेदेखि धामी फरार रहेका थिए।
दोधारा चाँदनी नगरपालिका-१ मा लुकिछिपी बसेका बेला धामीलाई पक्राउ गरीएको प्रहरी नायबव उपरीक्षक शाहले बताए।
पक्राउ परेका धामीलाई प्रहरीले आज कञ्चनपुर जिल्ला अदालतमा पेस गरी सात दिनको म्याद थप गरी आवश्यक अनुसन्धानको कार्य गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।